२०८१ फाल्गुन २ शुक्रबार ११

छठ पर्वले सामाजिक न्यायको बाटो समातोस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छठ पर्वको सुभकामना दिँदै समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिल्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालको तराई–मधेशमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वले सामाजिक न्याय प्राप्त गर्न सहयोग मिलोस भन्दै शुभकमना पनि दिएका छन् ।

पर्वका अवसरमा अध्यक्ष प्रचण्डले आज एक शुभकामना सन्देश जारी गर्दै छठ पर्वले चुनौतीहरूलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

नेपालका विविध संस्कृति र पर्वहरू क्रमशः सम्पूर्ण नेपालीका साझा संस्कृति र परम्परा बन्दै गएको उल्लेख गर्दै उनले छठ पर्व पनि सम्पूर्ण नेपालीहरूकै आम पर्वको रूपमा मनाउन थालिएको जनाएका छन् ।

उनले छठ पर्व प्रकृति र मानव जीवनबीच जीवन्त व्यवहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा रहेको बताएका छन् ।

 

२०८१ कार्तिक २२, बिहीबार १४:२१ गते 1 Minute 106 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।