२०८३ असार २ मंगलवार १७

प्रधानमन्त्रीको चीन भ्रमणको संयोजन परराष्ट्रमन्त्री गर्ने

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको दुई दलीय राजनीतिक संयन्त्रको कार्यदलको संयोजन दुई दलले पालैपालो गर्ने भएका छन् ।

दुई दलीय संयन्त्रको कार्यदलको पहिलो बैठकले दुई दलले एक–एक महिना पालैपालो कार्यदलको संयोजन गर्ने निर्णय गरेको हो ।

जसअनुसार कार्तिक २१ देखि मंसिर २० गतेसम्म नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यदल बैठकको संयोजन गर्नेछन् । त्यसपछि कार्यदलको संयोजन एमाले नेताले गर्नेछन् ।

सत्तारुढ दल कांग्रेस र एमालेले वर्तमान संयुक्त सरकारलाई सफल र प्रभावकारी बनाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा दुई दलीय राजनीतिक संयन्त्र निर्माण गरेका थिए । संयन्त्रको कार्यदलमा कांग्रेस र एमालेका चाररचार जना नेता रहेका छन् ।

संयन्त्रको कार्यदलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा रहेका छन् ।

त्यसैगरी एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहेका छन् ।

प्रदेश र जिल्ला तहमा पनि दुई दलीय संयन्त्र बनाउने दुई दलको निर्णय छ ।

संयन्त्रको पहिलो बैठकले चिनियाँ प्रधानमन्त्री ली छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणको तयारीको संयोजन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने निर्णय गरेको कार्यदलका सचिव केशवराज जोशीले जनाएका छन् ।

२०८१ कार्तिक २२, बिहीबार १४:१२ गते 0 Minutes 188 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।