२०८३ असार २ मंगलवार १९

रबिलाई थप १० दिन थुनामा राख्न अनुमति

काठमाडौं । रास्वापाका सभापति रबि लामिछानेलाई थप १० दिन अनुसन्धानको लागि थुनामा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप १० दिन अनुसन्धानको लागि अनुमति दिएको हो ।

लामिछानेको अघिल्लो म्याद कार्तिक १५ गते सकिएकोमा तिहारको बिदाका कारण सोही दिन देखि गनिने गरी १० दिनको म्याद दिइएको हो । यसको अर्थ लामिछानेमाथि अरु थप पाँच दिनसम्म प्रहरीले अनुसन्धान गर्ने समय पाएको छ ।

यद्यपी प्रहरीले १५ दिनको अनुसन्धानको समय माग गरेको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले गत कार्तिक २ गते लामिछानेलाई काठमाडौंबाट प्रक्राउ गरी पोखरा लगेको थियो ।

२०८१ कार्तिक २०, मंगलवार १७:३२ गते 0 Minutes 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।