२०८३ असार २ मंगलवार १९

पोखरीमा कार खस्दा दुईजनाको मृत्यु

काठमाडौं । सर्लाहीमा कार पोखरीमा खस्दा दुई जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा खसेको कारमा सवार दुईको मृत्यु भएको हो । सशस्त्र प्रहरीको गोताखोरले खसेको कार निकाल्दा दुई जनाको शव पेला परेको हो ।

मृत्यु हुनेमा महोत्तरी गौशाला नगरपालिका–१० सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर रहेको प्रहरीले जानकारी दिएको छ । कारमा सवार अर्का एक व्यक्ति भने पौडिएर बाच्न सफल भएका छन् ।

सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई आज बिहान पोखरीमा खसेको थियो ।

२०८१ कार्तिक २०, मंगलवार ०९:२४ गते 0 Minutes 141 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।