२०८१ फाल्गुन २ शुक्रबार ११

कजानमा मोदी सी वार्ता

काठमाडौं । पाँच वर्ष पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्टपति सि जीन पिगंबीच भेटवार्ता भएको छ । रुसको कजानमा ब्रिक्स सम्मेलनमा सहभागी हुन गएका मोदी र सीबीच भेट वार्ता भएको हो । बिबिसीका अनुसार उनीहरुबीच करिब ५० मिनेट छलफल भएको हो ।

मोदीको साथमा भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश मन्त्री जयशंकर पनि वार्तामा सहभागी भएको बिबिसीले जनाएको छ । भेटमा क्षेत्रीय तथा विश्व शान्तिको लागि भारत र चीनबीचको सम्बन्ध महत्वपूर्ण भूमिका रहेको बारे दुई नेताबीच छलफल भएको हो ।

दुई देशबीचको सम्बन्धका लागि एक अर्काको सम्मान, आपसी सहकार्य र विश्वासको वातावरण निर्माणबारे पनि उनीहरुबीच कुरा भएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।

दुई देशबची रहेका विवादहरुलाई सुल्झाउन दुबै नेता सकारात्मक भएको पनि जनाइएको छ ।  भेटमा दुबै नेताले दशगजा क्षेत्रबाट सैनिक हटाउने र २०२० मा सुरु भएको विवाद समाधान गर्ने सहमतिको स्वागत गरेका छन् ।

२०८१ कार्तिक ८, बिहीबार ०५:३९ गते 0 Minutes 126 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।