२०८३ असार २ मंगलवार १९

चितवनका सिडिओ र एसपी फिर्ता, प्रधानमन्त्रीको पुत्ला जलाउदा रोक्न नसकेको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउँदा पनि मुक दर्शक बनेको भन्दै सरकारले चितवनका सिडिओ र एसीलाई फिर्ता बोलाएको छ । रास्वपाका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर नारायणी नदीमा दाह संस्कार गरेका थिए । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गृह मन्त्रालयमा फिर्ता बोलाएको छ भने एसपी भावेश्वर रिमाललाई त्यहाँबाट मानव बेचबिखन व्यूरोमा पठाइएको छ । इन्द्रदेव यादवको ठाउँमा गृहमन्त्रालयका प्रकाश पौडेललाई चितवन प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ । चितवनको प्रहरी प्रमुखमा मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी गौतम मिश्रलाई पठाइएको छ । यादव र रिमाललाई रास्वपाका कार्यकर्ताले प्रधानमन्त्रीको पुत्लाको दाह संस्कार गर्दा पनि रोक्न नसकेको आरोप लागेको छ ।

२०८१ कार्तिक ७, बुधबार १८:३२ गते 0 Minutes 238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।