२०८३ असार २ मंगलवार १९

रवि पक्राउको विरोधमा पोखरामा रास्वपाको प्रदर्शन, प्रशासनले लगायो निषेधाज्ञा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति पक्राउको विरोधमा पोखरामा प्रद्धर्शन गरिरहेको छ । उसको प्रदर्शनका कारण आवागमन तथा सठक अवरुद्ध भएको छ । रास्वपाको प्रद्धर्शनका सुरक्षाकर्मीको बाक्लो परिचालन गरिएको छ । आजै पक्राउ परेका रबि लामिछानेलाई प्रहरीले अदालत लैजाने तयारी गरेको छ । सभापतिलाई प्रतिशोध साँध्नका लागि पक्राउ गरिएको भन्दै रास्वपाका कार्यकताहरुले पोखरामा प्रद्धर्शन गरिरहेका छन् । सुरक्षालाई मध्य नजर गर्दै कास्की प्रशासनले कास्की जिल्ला अदालत, सहिदचोक आसपास निषेधित क्षेत्र तोकेको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको छ ।

२०८१ कार्तिक ४, आईतवार १३:०६ गते 0 Minutes 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।