२०८३ असार २ मंगलवार १९

टी-२० आई सिरिज: कुशल भुर्तेल चम्किएपछि अमेरिकालाई नेपालले दियो १७१ रनको लक्ष्य

टी-२० आई सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टिम अमेरिकासामु १ सय ७१ रनको चुनौती प्रस्तुत गरेको छ ।

डालसस्थित ग्रान्ड प्रेरी मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७० रनको योगफल तयार पारेको हो ।

नेपालका लागि कुशल भुर्तेल ९२ रनमा अविजित रहे । ५४ बल खेलेका भुर्तेलले ७ चौका र ६ छक्काको मद्दतमा ९२ रन जोडेका हुन् । यस्तै, अनिल साहले २५, गुल्सन झाले १९, कप्तान रोहित पौडेलले १८ रन जोड्दा करण केसी ६ रनमा अविजित रहे ।

अमेरिकाका लागि जसदिप सिंह र नोस्थुस केन्जिगेलले समान २-२ तथा सौरव नेत्रवल्करले १ विकेट लिए । यसअघि नेपालले सिरिजको पहिलो खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको थियो ।

घरेलु टिम अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

 

२०८१ कार्तिक ४, आईतवार ०७:३७ गते 1 Minute 181 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।