२०८३ असार २ मंगलवार २०

क्रिकेटर सन्दिप लामिछमानेले अमेरिकी भिसा पाए

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाको भिसा पाएका छन् । उनी क्रिकेट खेल्न आजै अमेरिका जाने तयारीमा छन् ।

नेपाल क्रिकेट संघले प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपको भिसा स्विकृत भएको र अमेरिकामा हुने विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न उनी आजै बेलुका त्यसतर्फ जाने बताएको छ ।

नेपाल, स्कटल्याण्ड र अमेरिकाबीच कात्तिक ९ देखि १९ गतेसम्म त्रिकोणात्मक सिरिज हुनेछ। यसअघि पटक पटक प्रयास गर्दा पनि सन्दीपले अमेरिकाको भिसा पाएका थिएनन् । जसका कारण उनले अमेरिकामा भएको टि ट्वान्टी विश्व कपको अमेरिकामा भएका खेल गुमाएका थिए।

२०८१ कार्तिक २, शुक्रबार १६:२४ गते 0 Minutes 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।