२०८३ असार २ मंगलवार २०

माओवादीले भन्यो, जानकारी हुँदा हुँदै पनि सरकारले तयारी गरेन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले विपदमा लापरवाही गरेको आरोप लगाएको छ । विपदबारे पूर्व सूचना भए पनि सरकारले तयारी नगरेको उसको आरोप छ । सरकारले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर फर्कदै गरेका नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सरकार सूचना जारी गर्दै बसेको तर तयारी केही पनि नगरेको बताए । विपदमा पक्ष र विपक्ष नभनीकन उद्दारमा खट्न माओवादीको सुझाव रहेको भन्दै उनले सरकारले चाहेको खण्डमा सहयोग गर्न तयार रहेको पनि बताए

२०८१ आश्विन १३, आईतवार १६:४२ गते 0 Minutes 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।