२०८३ असार २ मंगलवार २०

हेटौंडा–काठमाडौं सम्पर्क टुट्यो, आधा दर्जन सडक अवरुद्ध

हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने सबै सडकहरु अवरुद्ध भएका छन् । तीन दिनदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथ हेटौंडा–पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध छ ।

कान्तिलोकपथ सडक खण्डको बकैया गाउँपालिका १२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आपचौरमा पहिरोको कारण र भिमफेदी गाउँपालिका(८ स्थित वाग्मती खोलाको पुल कटान गरी सडक पूर्ण रुपमा अवरोध भएको छ ।

दक्षिणकाली छैमले सिस्नेरी सडक खण्डअन्तर्गत ईन्द्रसरोवर गाउँपालिका(३ रामचन्द्र भञ्याङमा पहिरो खसी कुलेखानी–फाखेल–फर्पिङ बाटो पुर्ण रुपमा अवरोध भएको प्रहरी निरीक्षक सापकोटाले बताए ।

थाहा नगरपालिका–५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दक्षिणकाली छैमले सिस्नेरी सडक खण्डकै ईन्द्रसरोवर गाउँपालिका(२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कुलेखानी मार्छु भित्रि सडक खण्डको इन्द्रसरोवर गाउँपालिका–१ सिम्लाङमा पहिरोको कारण थानकोट–कुलेखानी बाटो पूर्णरुपमा अवरोध भएको छ ।

भीमफेदि गाउँपालिका–४ रातोमाटे, भीमफेदी–६ ढोकाफेदीमा पहिरो खसी हेटौंडा –कुलेखानी जोड्ने बाटो पूर्ण रुपमा अवरोध भएको प्रहरी मकवानपुर प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यस्तै, आधा दर्जन ठाउँमा पहिरो जाँदा फाखेल–हुमाने–चखेल   मातातिर्थ सतुङगल सडक खण्ड पनि अवरुद्ध भएको छ ।

२०८१ आश्विन १३, आईतवार ११:१६ गते 0 Minutes 245 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।