२०८३ असार २ मंगलवार २०

झ्याप्ले खोलामा बस र माइक्रो पहिरोमा पुरिँदा १४ जनाको मृत्यु

काठमाडौं । नागढुङ्गा नजिकै झ्याप्ले खोलामा एउटा बस र माइक्रोबस पुरिँदा १४ जनाले ज्यान गुमाएका छन्। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यी शवहरू पहिरोमा परेको गाडीबाट निकालिएको हो। गाडीबाट आठ पुरूष, पाँच महिला र एक बच्चाको शव निकालिएको उनले जानकारी दिए।

धादिङमा पर्ने उक्तस्थानमा शनिबार बिहान दुई सवारी साधन पहिरोले पुरेको थियो ।

पहिरो पन्छाएर लु‍‍.१ ज ४५७८ नम्बरको माइक्रो बसबाट ५ जना र बसबाट ९ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । बसको नम्बर भने खुलेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनास्थलमा प्रहरी वृत थानकोटका डीएसपी सुर्यप्रसाद सुवेदी नेतृत्वको टिम खटिएको छ ।

ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो । अरु सवारी साधन पनि पुरिएको आशंकामा खोजी कार्य जारी छ ।

२०८१ आश्विन १२, शनिबार २१:३६ गते 0 Minutes 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।