२०८३ असार २ मंगलवार २०

मुग्लिन –नारायणगढ सडकमा भोलि बिहानसम्म गाडी चलाउन नपाइने

काठमाडौं । भारी वर्षाका कारण मुग्लिन रारायणगढ सडकखण्डमा भोलि बिहानसम्मका लागि गाडी चलाउन रोक लगाइएको छ । चितवन जिल्ला प्रशासनले सूचना जारी गर्दै भोलि बिहान ५ बजेसम्मलाई गाडी चलाउन रोकेको हो । लगातारको वर्षाका कारण उक्त सडकखण्डमा पहिरोको जोखि उच्च भएकाले रोक लगाइएको प्रशासनले जनाएको छ । बाढी पहिरोको उच्च जोखिम अझै कायमै रहेकोले सुरक्षित रहन पनि प्रशासनको सूचनामा आग्रह गरिएको छ । पछिल्लो २४ घण्टा यता परेको पानीका कारण देशभरका सडकहरुमा पहिरो गएको छ । राजमार्गहरुको सम्पर्क टुटेको छ ।

२०८१ आश्विन १२, शनिबार २०:०३ गते 0 Minutes 206 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।