२०८३ असार २ मंगलवार २२

इजरायलद्धारा लेबनानमा भीषण बमबारीः ४ सय ९२ जना मारिए

काठमाडौं । इजरायलले गरेको भीषण गोलाबारी र हवाई आक्रमणमा लेबननमा ४ सय ९२ को मृत्यु भएको छ । हिजबुल्लाहलाई लक्षित गरेर इजरायलले गरेको उक्त आक्रमण उक्त हताहती भएको बिबिसीले जनाएको छ । बिबिसीले लेखेको छ, झन्डै दुई दशकमा त्यहाँको द्वन्द्वको सबैभन्दा घातक दिनको रूपमा सोमवारका घटनालाई लिइएको छ।

हिज्बुल्लाहले सन् २००६ को युद्धयता तयार पारेका पूर्वाधार ध्वस्त पार्ने गरी उक्त सशस्त्र समूहका १,३०० निशानामा प्रहार गरेको इजरायलले जनाएको छ।

त्यसैबीच हिजबुल्लाहले उत्तरी इजरायलमा २०० भन्दा धेरै रकेट प्रहार गरेको इजरायली सेनाले जनाएको छ ।

२०८१ आश्विन ८, मंगलवार १२:०२ गते 0 Minutes 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।