२०८३ असार २ मंगलवार २२

समातिए छवि, उच्च निगरानीमा रबि

काठमाडौं । प्रहरीले पूर्व डिआईजी छविराज जोशीलाई पक्राउ गरेको छ । सहकारीको रकम दुरुपयोग गरेको संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि जोशीलाई पक्राउ गरिएको हो ।

अदालतबाट पक्राउ पुर्जी लिएर जोशीलाई नियन्त्रणमा लिने प्रयास भए पनि जोशी भाग्ने सूचना पाएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोरखा मिडियाका सञ्चालकका रुपमा सहकारीको रकम दुरुपयोग गरेको समितिको प्रतिवेदनमा उल्लेख छ । यसैगरी पूर्व गृहमन्त्री तथा तत्कालीन गोरखा मिडियाका प्रवन्ध निर्देशक रबि लामिछानेलाई पनि पक्राउको तयारी भएको छ ।

उनलाई उच्च निगरानीमा राखेको र पक्राउको पूर्व जानकारी दिइसकेको प्रहरीले जनाएको छ ।

२०८१ आश्विन ६, आईतवार २०:१५ गते 0 Minutes 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।