२०८३ असार २ मंगलवार २२

आज संविधान दिवस

काठमाडौं । आज देशभर संविधान दिवस मनाइदै छ । सरकारले आज संविधान दिवसमा सार्वजनिक विदा समेत दिएको छ । संविधानसभा बाट जारी भएको अहिलेको संविधान २०७२ लाई असोज ३ गते दिवसका रुपमा मनाउन थालिएको हो । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सार्वभौमसत्ता जनतामा स्थापित गरेको यो संविधानको विकासका लागि नेपालले हरेक वर्ष संविधान दिवसका रुपमा मनाउदै आएको छ । आज यसै सन्दर्भ पारेर सरकारले नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुँदै छन् । त्यसैगरी उक्त अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको छ ।

२०८१ आश्विन ३, बिहीबार ०९:०७ गते 0 Minutes 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।