२०८३ असार २ मंगलवार २२

सहकारी प्रकरणमा रबि दोषी, कारवाहीको लागि सिफारिस गरिने

 

काठमाडौं ।
सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछाने दोषी रहेको निश्कर्ष निकालेको छ । लामिछाने सहकारीको रकम ठगीमा संलग्न भएको भन्दै कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार भएको छ ।

तत्कालीनरुपमा लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा आएको रकम खर्च गर्दा लामिछानेको हस्ताक्षर भेटिएको भन्दै लामिछानेलाई दोषी देखाउँदै कारवाहीको निश्कर्ष निकालिएको हो ।

छानबिन समितिले गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीको हस्ताक्षर भेटाएको छ । समितिले तिनैजनालाई कारवाहीको सिफारिस गरेको छ ।

२०८१ भाद्र ३१, सोमबार १३:२४ गते 1 Minute 200 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।