२०८३ असार २ मंगलवार २२

६० औं बाल दिवसको अवसरमा नमोबुद्धमा हाजिरजवाफ प्रतियोगिता सम्पन्न ।

भकुण्डेबेशी ।

६०औं राष्ट्रिय बालदिवसको अवसरमा नमोबुद्ध नगरपालिकाले नगरस्तरीय प्राथमिक तह हाजिरजवाफ प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ ।

नगरपालिकाका १९ विद्यालयले सहभागिता जनाएका थिए उक्त कार्यक्रमको प्रमुख अतिथिमा नगर प्रमुख कुनसाङ लामा थिए भने अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत शेष कान्त पौडेलले गरेका थिए ।

कार्यक्रमलाई दुई (२) चरणमा विभाजन गरी सञ्चालन गरिएको थियो । पहिलो छनोट चरण र दोस्रो नतिजा चरण । छनोट चरणको पहिलो भागमा १० र दोश्रो भागमा ९ वटा बिद्यालयहरु सहभागी भएका थिए । दोस्रो चरणको लागि पहिलो भागबाट जनता प्रा.वि., नमोबुद्ध-२, गणेश प्रा.वि. नमोबुद्ध-८, र मथुरापाटी मा.वि. नमोबुद्ध-१ छनौट भएका थिए । त्यसैगरी दोश्रो चरणमा जनहित मा.वि. नमोबुद्ध-७, सरस्वती प्रा.वि. नमोबुद्ध-७ र बाल उज्ज्वल मा.वि. नमोबुद्ध-१० छनौट भएका थिए ।

हाजिरजवाफ प्रतियोगितामा नेपाली, गणित, विज्ञान, सामाजिक, अंग्रेजी, सामान्यज्ञान र समसामयिक विषयबाट प्रश्नपत्र तयार गरिएको थियो । कार्यक्रम श्री जनक माध्यमिक विद्यालयको हलमा आयोजना गरिएको थियो ।

प्रतियोगितामा श्री जनता आ.वि. नमाेबुद्ध -२,ले प्रथम स्थान, मथुरापाटी मा.वि., नमोबुद्ध-२,ले द्वितीय स्थान, सरस्वती आ‍.वि. नमोबुद्ध -७,ले तृतीय स्थान हासिल गरेको छ भने  गणेश आ.वि., नमोबुद्ध् -८ ले सान्त्वना प्राप्त गरेको छ । प्रथम हुनेलाई नगद रु‍.७,०००/-, दोस्रोलाई रु. ५,०००/-, तेस्रोलाई रु. ३,०००/- र सान्त्वनालाई रु‍. २,०००/- नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा समाजकल्याण उपशाखाकी प्रमुख तारादेवी सुनुवारले गरेकी थिइन् भने प्रश्नकर्ता याेजना शाखाका प्रमुख विष्णु कुमार अधिकारी थिए । कार्यक्रममा बालबालिकाहरुको उत्साहजन सहभागिता थियो ।

२०८१ भाद्र २८, शुक्रबार १५:३२ गते 1 Minute 374 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।