२०८३ असार १ सोमबार २१

प्रतिनिधिसभा विघटनसम्बन्धी १९ वटा रिटकाे सुनुवाइ प्रधानन्यायाधीशले गर्ने

कठमाडौं, जेठ १३ गते ।

प्रतिनिधिसभाको विघटनसम्बन्धी १९ वटा मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेनद्र शम्शेर जवराको एकल इजलासमा हुने भएको छ ।

सो कुरा सर्वोच्च अदालले प्रकाशित गरेका आजको पेशी सूचीमा उल्लेख छ ।

प्रतिनिधसभाकाे दाेस्राे पटक विघटनपछि सर्वाेच्चमा ३० वटा रिट दाय भएका र त्यस मध्ये ११ वटा रिट भने संवैधानिक इजलासमा दर्ता भएका छन् ।

संबैधानिक इजलासमा दर्ता भएका ११ वटा रिटकाे प्रारम्भिक सुनुवाइ भाेलि हुने छ ।

यही जेठ ८ गते मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडारीले प्रतिनिधिसभा विघटन गर्नु भएकाे थियाे ।

 

 

स्रोतःगोरखापत्र अनलाइन

२०७८ जेष्ठ १३, बिहीबार ०४:५८ गते 1 Minute 583 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।