भकुुण्डेबेशी ।
श्री भूमीडाँडा बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भकुण्डेबेशीको चोकमा भएको उक्त कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । नमोबुद्ध नगरपालिकाको समन्वय तथा नेपाल रेडक्रस सोसाईटी, काभ्रेपलाञ्चोक जिल्ला शाखाको सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा नगर प्रमुख कुनसाङ लामाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख लामाले रगत निकाल्ने सामाग्री रेडक्रस काभ्रेका सभापति रघुनाथ हुमागाईंलाई हस्तान्तरण गरी र्कायक्रमको उद्घाटन गरेका थिए ।
भूमीडाँडा सहकारीका अध्यक्ष देवराज शाहले कार्यक्रमको अध्यक्षता गरेका थिए भने उपप्रमुख रत्नबहादुर लामा र रेडक्रस काभ्रेपलाञ्चोक शाखाका सभापति रघुनाथ हुमागाईंले विशेष आतिथ्यता गरेका थिए । अतिथिमा नमोबुद्ध ७ का वडा अध्यक्ष धर्म सिं लामा, वडा नं. ६ का वडा अध्यक्ष टिका बहादुर के.सी., नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुनिल के.सी., सह संयोजक, कर्म वाङ्गेल लामा, रेडक्रस काभ्रेका ब्लड बैंक प्रमुख राधा थापा, बैंक तथा वित्तिय संस्थाका प्रवन्धकहरू, राजनीतिक दलका प्रतिनिधि लगायतका व्यक्तिहरु थिए ।
प्रमुख अतिथि कुनसाङ लामाले भने, भगवान खोज्न कहि जानुपर्दैन, यस्ता पुन्यको काम जहाँ गरिन्छ त्यही भगवानको बास हुन्छ । त्यसैले सबैले यस्तो पवित्र काममा सहभागी भएर सहयोग गर्नुपर्छ । यस्तो जीवन बचाउने काम हरेक ६/६ महिनामा गर्न सके अझै राम्रो हुने तर्क दिए ।
रक्तदानको लागि ७८ जनाले नाम दर्ता गराएकोमा विविध स्वास्थ्य समस्याका कारण ३८ जनाले रक्तदान गर्न असमर्थ भएका छन् । कार्यक्रममा सहभागी रक्तदाताहरुलाई प्रमाण पत्र, फलफुल, जुस, अण्डा, जेरी, पानी आदी वितरण गरिएको थियो । रक्तदान गर्ने इच्छा हुँदाहुँदै पनि रक्तदान गर्न नपाएकोमा केही व्यक्तिहरुले दुख व्यक्त गरे । कार्यक्रममा जय श्री चामुण्डा सप्लायर्स, भुकण्डे, काभ्रे, उपहार कृषि फर्म, नमोबुद्ध ३, काभ्रे, नमोबुद्ध डेली फ्रेस, भकुण्डे, काभ्रेले प्रायोजान गरेको थियो भने नं. २६ बाहिनी अड्डा, काभ्रेले त्रिपाल सहयोग गरेको थियो । कार्यक्रमको स्वागत मन्तव्य भूमीडाँडा सहकारीका ऋण संयोजक सन्तोष दाहालले राखेका थिए भने कार्यक्रम सञ्चालन कार्यसमिति सदस्य कर्म सिं लामाले गरेका थिए ।










































































