२०८३ असार २ मंगलवार २३

मन्त्रीले जिब्रो थुत्ने

काठमाडौं । सत्तारुढ दलकै सांसदले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुगंको भनाईप्रति आपत्ती जनाएका छन् । सांसद रामहरि खतिवडाले मन्त्री गुरुगंले केहीदिन अघि बोलेको अभिव्यक्ति आपत्तीजनक भएको भन्दै विरोध जनाएका हुन् ।

सञ्चारमन्त्री गुरुगंले आइजीपीको जिब्रो थुत्ने भन्दै धम्की दिएको बारे विरोध जनाएका हुन् । उनले यस्ता आपत्तीजनक अभव्यिक्ती दिने मन्त्रीहरुको जिब्रोमा ब्रेक लाउनुपर्ने बताए ।

सरकारलाई सहयोग नगरेको भन्दै सञ्चारमन्त्री गुरुगंले केहीदिन अघि आईजपी बसन्त कुँवरको जिब्रो थुत्नुपर्ने बताएका थिए । मन्त्रीको गुरुगंको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो राखेर स्पष्टीकरण सोधिसकेका छन् ।

आजै मात्रै पनि मन्त्री गुरुगंको भनाई आपत्तीजनक भएको भन्दै पूर्व आईजीपीहरुले संयुक्तरुपमा मन्त्रीको राजिनामा मागेका छन् ।

२०८१ भाद्र १८, मंगलवार १६:२५ गते 0 Minutes 205 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।