२०८३ असार २ मंगलवार २३

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारसले गुजरातबाट लेजेन्ड्स लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् ।

पारसले गुजरात टिमबाट लिग खेल्ने भएका हुन् । उनलाई गुजरातले अक्सनबाट १२ लाख ५० हजार भारतीय रुपैयाँमा किनेको हो ।

लेजेन्ड्स लिग सेप्टेम्बर २० देखि भारतका विभिन्न सहरमा आयोजना हुने तालिका छ । गुजरातमा पारससँगै दक्षिण अफ्रिकाका मोर्ग भान विक, वेस्ट इन्डिजका क्रिस गेल, वेस्ट इन्डिजकै लेन्डल सिमोन्सजस्ता खेलाडी छन् ।

लिगमा कुल ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा इन्डिया क्यापिटल्स, गुजरात जायन्ट्स, भिल्वारा किंग्स, मनिपाल टाइगर्स, साउदर्न सुपर स्टार र अर्बनश्रीसेर्स हैदराबाद छन् ।

२०८१ भाद्र १३, बिहीबार १६:०४ गते 0 Minutes 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।