२०८३ असार २ मंगलवार २३

कस्तो छ आजको मौसम ?

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण आज देशभर आंशिकदेखि साधारणतया वर्षा हुने छ । कर्णाली र सुदुरपश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । काठमाडौंaमा पनि हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । आज सूर्योदय बिहान ५ बजेर ३९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३२ मिनेटमा हुनेछ ।

 

२०८१ भाद्र ९, आईतवार ०७:२२ गते 1 Minute 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।