२०८३ असार २ मंगलवार २३

मर्स्याङ्दी नदीमा बस खस्दा १४ को मृत्यु

काठमाडौं । भारतीय बस दुर्घटनमा परी १४ जनाको ज्यान गएको छ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदी बस खस्दा १४ जनाको ज्यान गएको हो । अन्य १६ जना घायते भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनले १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको जानकारी समेत दिए । अहिले उद्धार कार्य जारी रहेको थापाले बताए । भारतीय नम्बर यूपी ५३ एफडी ७६२३ रहेको बस शुक्रबार विहान नदीमा खसेको हो । बस पोखराबाट काठमाडौँ जाँदै थियो ।

२०८१ भाद्र ७, शुक्रबार १३:४० गते 0 Minutes 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।