२०८३ असार ३ बुधबार ०५

व्यवस्था नरुचाउनेहरुले जनता भड्काउन खोजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था विरोधीहरुले जनता भड्काउन खोजेको आरोप लगाएका छन् । राजनीतिक दलहरुको अस्वस्थ प्रतिस्पर्धाले पनि जनतालाई भड्काउने मौका मिलेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उनले अहिलेको प्रणालीलाई मन नपराउनेले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्न गरेको प्रधानमन्त्री ओलीले बताए ।
आफू नेतृत्वको सरकारलाई काम नगर्ने छुट नरहेको कारण छोटो समयमा नै परिणाम आउन थालेको बताए । गर्ने उनले बताए ।

भ्रष्टाचारबारे सरकारका बारेमा भ्रम छरेको भन्दै प्रधानमन्त्री ओलीले कुनै सम्झौता नगर्ने र शून्य सहनशीलताका साथ अघि बढ्ने उनले बताए ।
शिक्षा स्वास्थ्य लगाएतका क्षेत्रमा परिणाम आउने गरी दतचित्त भएर अहिलेको सरकार लागेको उनले बताए ।

२०८१ भाद्र ६, बिहीबार १६:५७ गते 0 Minutes 202 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।