२०८३ बैशाख १६ बुधबार ०९

चैते धानमा आएको उपादकत्व कमीलाई कसरी वृद्धि गर्ने – पल्लवी श्रेष्ठ

चितवन चैते धानको उपयुक्त क्षेत्र मानिएको छ। चितवनमा यस बर्ष ग्रिन हाउसमा नर्सरी ब्यबस्थापन गरी तथा धान रोप्ने मेसिनरी प्रयोग परिक्षणमा धान रोपिएको छ। धान यस वर्ष निकै सप्रिएको छ। मल बिउँ पनि समयमा उपलब्धता हुँदा तथा पर्याप्त पानी परेका कारण यस वर्ष धान राम्रै फल्ने अनुमान किसानले गरेका छ्न। चितवनको खैरहनीका किसानले धानको उत्पादन बढ्ने देखेर खुशी भएका छ्न। अघिल्लो बर्ष धानमा रोग लाग्नाले उत्पादनमा कमी आएको थियो। यस बर्ष प्राविधिकको सल्लाह सुझावमा चैते धान लगाइएको छ, अहिलेसम्म हेर्दा उत्पादन राम्रो होला जस्तो छ एक किसान बताउँछन्।
“अघिल्लो बर्ष पूर्वी चितवनमा तीन हजार हेक्टरमा लगाइएको ‘हर्दिनाथ एक’ नामक धानको दानामा लाग्ने डरुवा रोग लागेको थियो”
अघिल्लो बर्ष बाला लाग्ने बेलामा रोग देखिएपछि किसान चिन्तित भएका थिए । “केही दिन अघिसम्म लगाएको हर्दिनाथ जातको धान राम्रो थियो । तेसपछि फूल खेल्न नपाउँदै झर्न थालेको थियो । केही ठाउँको धानमा कालो टाटा देखिएको थियो,किसान भन्छन् “यसका लागि हामीलाई प्राविधिकको खाँचो छ ।” अहिले यस्तो नहोस भन्नेमा किसान प्राबिधिक सङ्ग छलफलमा छ्न।
अहिले गुणस्तरीय बीउ, प्राङ्गारिक मल, रासायनिक मल, अन्य उत्पादन सामग्री, सहजै दक्ष प्राविधिक सेवाको पहुँच हुँदा समस्या नआएको किसानले बताए । चितवनका भण्डारा, कुमरोज, पिप्ले र कठार क्षेत्रमा लगाएको धान काट्ने समयमा धानको दानामा लाग्ने डरुवा र नेक ब्लाष्ट नामको रोग देखिएको थियो।
सो क्षेत्रमा लगाइएको ६० प्रतिशत धानमा रोग देखापरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले जानकारी गराएको थियो । “अघिल्लो बर्ष पूर्वी चितवनमा तीन हजार हेक्टरमा लगाइएको ‘हर्दिनाथ एक’ नामक धानको दानामा लाग्ने डरुवा रोग लागेको थियो।” कार्यालयका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले भने, अहिले पनि “तत्कालै सचेत नहुने हो भने समस्या अझ बढेर जाने सम्भावना देखिन्छ ।”
चितवनमा आठ हजार हेक्टरमा चैते धान खेती लगाइने गरेकोमा पूर्वी चितवनमा मात्रै पाँच हजार हेक्टरमा चैते धान लगाइन्छ । अबका केही महिनामा चैते धान झुल्ने बेला हो । विशेषगरी हर्दिनाथ एक र बिजी १४४२ जातको धानमा डढुवा रोग र नेक ब्लाष्ट रोग देखापरेको तिमिल्सिनाले बताए थिए।
यस्तै पिआर र जेरी जातमा पनि शिथब्लाइट रोग देखापरेको थियो । हर्दिनाथ एकभन्दा जेरी एक महिना अगाडि पाक्ने तर उत्पादन कम हुने गरेको किसानले बताएका छन् । त्यसले गर्दा किसानले पछिल्लो समय हर्दिनाथ एक जातको धान रोप्दै आएका छन् ।
खैरहनी नगरपालिका कृषि शाखाका प्राविधिक सहायक ध्रुव आचार्यले नगरको वडा नं ६ र ७ मा यो रोगले चैत धान बालीमा क्षति पुर्याएको बताएका थिए । नगरकै वडा नं १३ का केही स्थानमा पनि रोग देखिएको उनले जानकारी गराएका थिए।
अहिले लकडाउनका कारण फिल्डमा निस्कन समस्या परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए। अहिले कोरोनाको जोखिम उच्च छ, त्यसमा पनि जथाभावी बाहिर निस्कन पाइँदैन ।
किसानको खेतमा पुग्नका लागि सवारी साधनसमेत हामीसँग छैन”, उनले भने, “सकेसम्म हामी किसानको खेतमा पुग्ने गरेका छौँ ।”अहिले खासै समस्या नआएको किसानले बताएपनी हाम्रो निगरानीमा हेर्न पाउदा समयमा रोग ब्यबस्थापन गर्न सकियो भने सजिलो हुने उनको बुझाइ छ।
यस बिषयमा कृषि वन बिश्वबिधालय बिएसी एजि आठौं सेमेस्टरमा अध्यन गर्ने पल्लबी श्रेष्ठले धान बाली सम्बन्धमा अध्यन अनुसन्धान गर्दै आएकी छिन।
उनको अनुसार चितवन चैत धान लगाउनका लागी उपयुक्त क्षेत्र भएपनी हाल लगाइ रहेको चैते धानको बिउँ उपयुक्त नभएको उनको बुझाइ छ।
यस बारेमा थप अध्यन अनुसन्धान गरेर समस्या पत्ता लगाउने क्रममा छिन तेसपछी नयाँ जातको बीउ सिफारिस गर्ने उनको भनाइ छ।
बिगत बर्षमा लगाएको हर्दिनाथ -१ BG- १४४२ घाँटी मरुवा रोग लागेको यस्को विकल्पमा अरु जातको धान रोप्न थप अध्यन ,अनुसन्धान गर्दै छिन।
चितवन चैते धानको लागी सबै किसिमले उपयुक्त हुँदा हुँदै पनि बर्षे धान भन्दा चैते धानको उत्पादन बढी हुने पर्नेमा राम्रो बीउ उपलब्ध नहुदा कम उत्पादन भएको उनको बुझाइ छ ।
उनले यस बारेमा किसान कृषि सहकारी सस्था खैरेनी ११ कुमरोजमा आठ थरिको चैते धान लगाएर अध्यन अनुसन्धान गर्दै छिन। जसमा चैत ५ प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई चितवनले सिफारिस गरेको जात। हर्दिनाथ हाइबिर्ड १ स्वदेशी , हर्दिनाथ १ घाटी मोरुवा, पिआर १२६, आइआर १००८, हर्दिनाथ ३, आइआर ८६५१५-१९-१-२-१-१-१-१, आइआर १०३५७५-७६-१-१बि रिलाइज नभएको जातमा उनको अध्यन अनुसन्धान भैरहेको छ।
उनले धानको उत्पादनलाई घटाउन के के समस्या सिर्जना गरेको छ यसबारेमा समस्या पत्ता लगाउने बताइन्। जस्को लागी यी आधारमा अध्ययन अनुसन्धान गर्दै छिन ती हुन, बिरुवाको उचाइ, गाजको संख्या ,बालाको लम्बाई ,हजार दानाको तौल,पातको कलर,बालामा खदिला दानाको संख्या ,बिहान रोग किरा संक्रमणको दर,दानामा पोषक तत्वको अवस्था ,पाक्ने समय यी आधार मानेर राम्रो बिउको छनोट गर्न सुझाव दिने उनको बिचार छ।
अहिलेसम्मको कार्यसम्पादन हेर्दा हर्दिनाथ हाइबिर्ड १ चैते -५को राम्रो देखिएको छ। अरु जातको पनि राम्रो देखिएको छ ।
बाली अहिले भखरै पसाउन लागेकोले उत्पादन नहेर्दा सम्म मुल्यांकन गर्न नसकिने उनी बताउछिन। यस बारेमा सबै जातको धानको अन्तिम उत्पादन आएपछि उपयुक्त बिउँको लागी सल्लाह सुझाव दिने उनको भनाइ छ।
तस्बिरमा :अध्यन अनुसन्धानको क्रममा आठ प्रकारका धान लगाएको क्षेत्रमा अनुसन्धान गर्दैका तस्बिरहरु
स्रोतः कृषि प्रेस
२०७८ जेष्ठ १३, बिहीबार ०२:५४ गते 1 Minute 1118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार