२०८३ असार २ मंगलवार ०९

३ वर्ष पछि सेयरबजार ३००० विन्दुमा

काठमाडौं । नेप्से परिसूचक ३ वर्षपछि ३००० मा पुगेको छ । यो साताको अन्तिम कारोबार दिनमा नेप्सेले नयाँ रेकर्ड बनाउदै ३० अर्बको कारोबार समेत गरेको छ । आज विहीबार ४३ दशमलब ५ अंकले बढेर ३००० दशमलब ८१ विन्दुमा रोकिएको बन्द भएको छ ।

आजको कारोबारसँगै नेप्से ऐतिहासिक विन्दुनजिक पुगेको छ। यसअघि ०७८ साउन १० मा ३००० टेकेको नेप्सेले सोही वर्ष भदौ ३ मा ३२२६ विन्दुमा पुगेर कीर्तिमान बनाएको थियो।

यसपटक कारोबारमा भने नयाँ उत्साह देखिएका छन् भने कारोबार पनि ठूलो भोलुममा भइरहेको छ
आजको कारोबारमा नेपाल फाइनान्सको सेयर १० प्रतिशतले घटेको छ। यो सेयर पछिल्लो समय हरेक दिन जसो पोजेटिभ सर्किट लाग्दै आएको थियो ।

त्यसैगरी आज सर्वाधिक कारोबार हिमालय रि इन्स्योरेन्सको भएको छ। कम्पनीको ९१ करोड ३३ लाख २२ हजार रुपैयाँको सेयर किनबेच भएको छ। यसबाहेक सानिमा माई हाइड्रोपावरको ८३ करोड २३ लाख, अपि पावरको ६५ करोड, कुमारी बैंकको ६१ करोड ७७ लाख र निफ्राको ६० करोड रुपैयाँको कारोबार भएको छ। । आज बैंकिंग समूहको उपसूचक ५ दशमलब ६५ प्रतिशतले बढेको छ । फाइनान्स समूह भने यो दिन सबैभन्दा बढी ३ दशमलब ०५ प्रतिशतले घटेको छ । साताको अन्तिम कारोबार दिन भएकोले फाइनान्समा प्रफिट बुकको लहर चल्दा यस्तो अवस्था देखिएको हो ।

२०८१ श्रावण ३१, बिहीबार १६:१३ गते 0 Minutes 248 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।