२०८३ असार ३ बुधबार ०७

माओवादी केन्द्रको विवाद तत्काललाई टर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रमा देखिएको विवाद तत्कालका लागि टरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नरहेको निष्कर्ष निकाल्दै माओवादीले पछिल्लो पार्टीभित्रको विवादलाइ टारेको हो । पार्टीलाई अझ शसक्त बनाउन अध्यक्ष प्रचण्डकै नेतृत्वमा सबै पंक्ति सङ्गठिन हुनुपर्नेमा नेताहरूले जोड दिए । विगत चार दिनदेखि जारी स्थायी समितिको बैठकका क्रममा मंगलबार धारणा राख्ने सबै सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गरेर प्रचण्डको नेतृत्वमै एकताबद्ध हुनुपर्ने निष्कर्ष निकालेको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दी तोड्न प्रचण्डले नै खास पहल लिनुपर्ने बताउँदै नेताहरूले  बताएका छन् ।
मंगलबारको बैठकमा ११ जना स्थायी समिति सदस्यले बोलेका छन् । स्थायी समिति सदस्यले बोलिसकेपछि अध्यक्ष दाहालले बिहीबार जवाफ दिने भएका छन् ।

मंगलबारको बैठकमा महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव हरिबोल गजुरेलले बोले । त्यसैगरी स्थायी समिति सदस्यहरू कुवेर ओली, सत्या पहाडी, खगराज भट्ट, डीलाराम आचार्य, विश्वनाथ साह, श्रीराम ढकाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र नन्दकुमार प्रसाईले पनि आफ्ना भनाइ राखेका थिए ।

 

२०८१ श्रावण २९, मंगलवार २१:५७ गते 1 Minute 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।