२०८३ असार ३ बुधबार ०७

चर्च ब्वाइजलाई स्तब्ध बनाउँदै पारो एएफसी च्यालेन्ज लिगको समूह चरणमा

काठमाडौं । नेपालको सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमै पराजित भएको छ । चर्चलाई हराउँदै भुटानी लिग च्याम्पियन पारो एफसीले प्रतियोगिताको समूह चरणमा स्थान निश्चित गरेको हो । मंगलबार घरेलु समर्थकमाझ भएको खेलमा चर्च ब्वाइज भुटानी क्लबविरुद्ध २–१ ले स्तब्ध बन्यो ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सुरुआती अग्रता भने चर्चले बनाएको थियो । लाकेन लिम्बुले ३८औँ मिनेटमा गोल गर्दै चर्चलाई अग्रतामा राखेका थिए । तर, चर्चको यो अग्रतामा लामो समय टिक्न सकेन । चर्चले गोल गरेको अर्को मिनेटमा नै पारो खेलमा फर्कियो । पारोका किंगा वाङचुकले गोल गर्दै भुटानी लिग च्याम्पियन पारोलाई खेलमा फर्काएका थिए ।

६७औँ मिनेटमा विलियम ओपोकु अ‍ैसेडुले गोल गर्दै पारोलाई २–१ को अग्रतामा राखे । भुटानी गोलकिपरबाट आएको बल चर्चका रक्षकले क्लियर गर्न नसक्दाको फाइदा उठाउँदै ओपोकुले १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरे । यही गोल निर्णायक बन्दा पारोले नौ हजार ८७३ जना समर्थकमाझ चर्चलाई निराश बनाउँदै प्रतियोगिताको आगामी चरणमा स्थान सुनिश्चित गरेको हो ।

२०८१ श्रावण २९, मंगलवार २१:४७ गते 0 Minutes 166 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।