२०८३ असार ३ बुधबार ०७

बंगलादेशमा आन्दोलनकारीले सर्वोच्च अदालत घेरेपछि प्रधानन्यायाधीशले दिए राजीनामा

काठमाडौं । बंगलादेशमा मोहम्मद युनुस सल्लाहकार सरकारको प्रमुख बनेपछि पनि आन्दोनल रोकिएको छैन । आन्दोलनकारी विद्यार्थीसमेतको सहभागितामा सल्लाहकार सरकार बनेको छ । तर शनिबार फेरि आन्दोलन भड्किएको छ । शनिबार आन्दोलनकारीहरूले न्यायलय घेराउ गरेका छन् ।

उनीहरूले न्यायाधीशरूको राजीनामा मागे । यसरी आन्दोलन फेरि चर्किएपछि प्रधानन्यायाधीश ओब्यादुल हसनले राजीनामा दिएका छन् । उनले शनिबार साँझ राष्ट्रपतिलाई भेटेर राजीनामापत्र बुझाउने निर्णय सुनाएका छन् ।

एक महिनादेखि जारी आन्दोलनले राजनीतिक उथलपुथल गर्यो । प्रधानमन्त्री शेख हसिाना वाजेदले राजिनामा दिएर देश छोडेकी छिन् । उनी भारतमा शरण लिएर बसेकी छिन् । नयाँ सल्लाहकार सरकार गठन भएको छ । आन्दोलन भने शान्त भएको छैन ।

प्रधानन्यायाधीशले अन्तरिम सरकार गठनबारे निर्णय लिन फुलकोर्टको बैठक बोलाएपछि आन्दोलनकारीहरू न्यायाधीशहरूको राजीनामा माग्दै सर्वोच्च अदालत घेराउमा पुगेका थिए । फुलकोर्टबाट अन्तरिम सरकार गठनलाई अवैध घोषित गर्ने तयारी रहेको हल्ला फैलिएपछि फेरि आन्दोलन भड्किएको हो ।

२०८१ श्रावण २६, शनिबार २१:११ गते 0 Minutes 191 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।