काठमाडौं । रसुवाको स्याफ्रुबेसी तर्फ उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
शिवपुरी गाउँपालिका ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको हो ।
क्याप्टेन अरुण मल्लले उडाएको हेलिकप्टरमा चिनिया पर्यटक सवार थिए । उनीहरु सबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा क्याप्टेन अरुण मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु रहेका छन् । मृत्यु भएका चिनियाँ नागरिकमा ३ पुरुष र १ महिला छन् ।






