२०८३ असार २ मंगलवार ०२

बंगलादेशमा बबाल, प्रधानमन्त्री शरण खोज्दै भारतमा

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेकी छिन् ।

राजधानी ढाकामा आन्दोलनकारीहरूले प्रदर्शन चर्काएसँगै प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेकी हुन् । उनी आफ्नो सुरक्षा खोज्दै भारत भागेकी छिन् ।

सुरक्षित स्थानको खोजीमा प्रधानमन्त्री हसिनाले आफ्नो बहिनीसँगै बंगलादेश छाडेकी हुन् । हजारौँको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।

आइतबार भएको पुलिस र सरकारविरोधी प्रदर्शनकारीबीच झडपका कारण करिब ९० मानिसले आफ्नो ज्यान गुमाउँदा सयभन्दा बढी मानिस घाइते भएका थिए । आज पनि धेरै जनाले ज्यान गुमाएका छन् । गत जुलाई १५ बाट भएको प्रदर्शन तथा त्यसबाट ३०० बढीको मृत्यु भएपछि राजीनामा आएको हो ।

२०८१ श्रावण २१, सोमबार १७:१६ गते 0 Minutes 258 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।