२०८३ असार ३ बुधबार ०७

काभा भलिबलमा माल्दिभ्समाथि नेपालको सहज

काठमाडौं ।

काभा महिला भलिबल नेसन्स लिगमा नेपालले माल्दिभ्समाथि सहज जित निकालेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्सलाई २५-८, २५-१९ र २५-१८ को सेटमा पराजित गरेको हो ।

योसँगै लिग चरणमा दोस्रो स्थानमा रहेको नेपालले सेमिफाइनलमा तेस्रो स्थानको इरानसँग प्रतिस्पर्धा गर्नेछ । तालिकाको शीर्ष स्थानमा रहेको भारतले भने सेमिफाइनलमा श्रीलंकाको सामना गर्नेछ । सेमिफाइनलको पहिलो खेलमा मंगलबार दिउँसो ३ बजे भारतले श्रीलंकाको सामना गर्नेछ ।

यस्तै, दोस्रो सेमिफाइनलमा साँझ सवा ५ बजे नेपालले इरानको सामना गर्नेछ । यसअघि लिग चरणको खेलमा नेपाल इरानसँग ३-२ को सेटमा पराजित भएको थियो । यसअघि सोमबारै भएको पहिलो खेलमा भारतले श्रीलंकालाई २५-१३, २५-२१ र २५-२० को सोझो सेटमा पराजित गरेको थियो ।

२०८१ श्रावण २१, सोमबार १७:११ गते 1 Minute 161 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।