२०८३ असार ३ बुधबार ०८

नेपाली महिला भलिबल टिमको भारतविरुद्ध ऐतिहासिक जित

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टिमले पहिलो पटक भारतविरुद्ध जित निकालेको छ । नेपाली टिमले काभा महिला नेसन्स लिगमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० परिसरमा रहेको कभर्ड हलमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको हो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–१८, १५–१३ को स्कोरमा भारतलाई हराएको हो ।

कभर्डहलमा भरिभराउ खेलको पहिलो सेटमा नेपालले कुनै पनि बेला भारतलाई अग्रता बनाउन दिएन ।

पहिलो सेटमा नेपालले ६–११ को स्कोरसहित पाँच अंकको अग्रता बनाउँदा दबाबमा आएको भारतले पहिलो टाइमआउट लिएको थियो ।

तर, यसपछि भारतले लगाता अंक जोड्दै स्कोर ११–१३ मा ल्याउँदा नेपालका प्रशिक्षक जगदीश भट्टले पहिलो टाइमआउट लिएका थिए । पहिलो सेटमा नेपालले सर्भिसबाट दुई अंक मात्र गुमाएको थियो ।

नेपालले २३–१८ को अग्रता बनाउँदा पुनः भारतले दोस्रो पटक टाइमआउट लिएको थियो । तर, यसपछि पनि नेपालले लगातार दुई अंक जोड्दै सेट आफ्नो पक्षमा पारेको हो । महिला भलिबलको इतिहासमा नेपालले भारतविरुद्ध पहिलो सेट जितेको यो पहिलो पटक हो ।

तर, दोस्रो सेटमा भने नेपालले पहिलो सेटको लय कायम राख्न सकेन । दोस्रो सेटमा भने भारतले सुरुआतमै २–० को अग्रता बनाएको थियो । दोस्रो सेटमा भारतविरुद्ध ६–८ ले पछि पर्दा नेपालका प्रशिक्षक भट्टले पहिलो पटक टाइमआउट लिएका थिए ।

भारतले दोस्रो सेटमा भने १४–९ को स्थितीसहित पाँच अंकको अग्रता बनाएको थियो । यही स्थितीमा नेपालका प्रशिक्षक भट्टले दोस्रो पटक टाइमआउट लिएका थिए । यसपछि नेपालले तीन अंक जोड्दा भारतले ११ अंक जोड्दै सेट जितेको हो ।

दोस्रो सेटमा पनि नेपालले सर्भिसमा दुई अंक गुमाएको थियो । तर, तेस्रो सेटमा पुनः नेपालले लय फर्काएको थियो ।

तेस्रो सेटमा नेपालले १०–७ को अग्रता बनाउँदा भारतले पहिलो टाउमआउट लिएको थियो । पुनः नेपालले १७–९ को अग्रता बनाउँदा भारतले दोस्रो पटक टाइमआउट लिएको थियो ।

तेस्रो सेटमा नेपालल सर्भिसबाट तीन अंक गुमाएको थियो ।

चौथो सेटमा भने भारतले पुनः पुनरागमन गर्यो । भारतले चौथो सेट २५–१८ ले जितेपछि खेल पाँचौ सेटसम्म लम्बिएको हो । चौथो सेटमा नेपालले सर्भिसबाट एक अंक गुमाएको थियो ।

पाँचौ तथा निर्णायक सेट नेपालले १५–१३ ले जितेको हो । सुरुमै नेपालले २–० को अग्रता बनाएको थियो । यसपछि स्कोर नेपालतर्फ ५–२ हुँदा भारतका प्रशिक्षकले पहिलो पटक टाइमआउट लिएका थिए । तर, भारतले स्थिती ७–८ मा ल्याएपछि नेपालका प्रशिक्षकले पहिलो पटक टाउमआउट लिएका थिए ।

पाँचौ सेटमा सर्भिसबाट नेपालले एक अंकमात्र गुमायो ।

२०८१ श्रावण १९, शनिबार १७:३७ गते 0 Minutes 146 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।