२०८३ असार ३ बुधबार ०८

काभा महिला भलिबलमा भारत नेपाल भिड्दै

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दै छ । शनिबार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा दिउँसो ३ बजे हुने खेलमा नेपाल भारतमाथि पहिलो जितको खोजीमा हुनेछ ।

महिला भलिबलमा भारत दक्षिण एसियाकै बलियो टिम हो । र, दक्षिण एसियाकै बलियो टिम भारतलाई नेपालले टक्करसम्म दिएको छ । तर, अहिलेसम्म जित भने निकाल्न सकेको छैन । नेपाल पाँच वर्षअघि भएको १३औँ दक्षिण एसियाली खेलकुदको फाइनलमा पुगेको थियो । फाइनलमा प्रतिद्वन्द्वी थियो भारत ।

घरेलु दर्शकमाझ भारतलाई पाँचौँ सेटसम्म धकेलेको नेपाल अन्तिममा जित निकाल्न चुकेको थियो । चौथो सेटसम्म २(२ को बराबरी खेलेको नेपालले पाँचौँ तथा निर्णायक सेटमा भने नतिजा भारतलाई सुम्पिएको थियो । भारतविरुद्ध नेपालको त्यही फाइनल खेलको प्रदर्शन नै अहिलेसम्मको उत्कृष्ट हो । अहिलेसम्म भारतलाई हराउन नसकेको नेपाली महिला टिमले जारी काभा महिला भलिबलको आफ्नो दोस्रो खेलमा भारतको सामना गर्न लागेको छ ।

भारतलाई हराए नेपालले इतिहास नै बनाउने छ । नेपाली महिला टिमकी कप्तान अरुणा शाही यसपटक तयारी राम्रो रहेकाले उपाधि नै हात पार्ने दाबी गर्छिन् । ुयसपटक तयारी राम्रो गरेका छौँ । भारतलाई हराउने मात्रै होइन, उपाधि नै जित्न चाहन्छौँ,ु शाहीले पत्रकार सम्मेलनमा भनेकी थिइन् । सिनियर र युवा खेलाडी टिममा रहेकाले नतिजा राम्रो आउने शाहीको दाबी छ । नेपालले पहिलो खेलमा श्रीलंकालाई ३(० को सोझो सेटमा पराजित गरेर प्रतियोगिताको सुरुवात गरेको छ ।

दोस्रो खेलमा भारतविरुद्ध नेपाल उच्च मनोबलका साथ मैदान उत्रिने शाही बताउँछिन् । ुहामीले घरेलु दर्शकको साथ छ । दर्शकलाई निरास हुन नदिन हामीले कडा मेहनत भारतविरुद्धको खेलमा गर्नैपर्छ,ु उनले भनिन् । सुरुवाती दुवै खेल जितेको भारत लयमा देखिएको छ । त्यसैले भारतलाई हराउन नेपाललाई सानो मेहनतले भने पुग्ने छैन ।

२०८१ श्रावण १९, शनिबार १२:४१ गते 0 Minutes 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।