२०८३ असार ३ बुधबार ०८

काभा महिला भलिबल: श्रीलंकालाई हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा नेपालले विजयी सुरुवात गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको उद्‌घाटन खेलमा श्रीलंकालाई हराउँदै घरेलु टोली नेपालले विजयी सुरुवात गरेको हो । विजयी सुरुवात गर्ने क्रममा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्‍यो ।

पहिलो सेट २५-१९ ले जितेको नेपाल दोस्रो सेट २५-१८ को जित निकाल्न सफल भयो । त्यसपछि तेस्रो सेटमा नेपालले श्रीलंकालाई २५-१९ ले हराएको थियो । दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ । भारतविरुद्धको खेल शनिबार दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपालसहित ५ राष्ट्र सहभागी प्रतियोगिता २३ साउनसम्म चल्नेछ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, इरान र माल्दिभ्स सहभागी छन् ।

 

२०८१ श्रावण १७, बिहीबार १७:३३ गते 1 Minute 237 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।