२०८३ असार ३ बुधबार ०८

दुई वर्ष पुग्नुभन्दा एक साताअघि राजीनामा दिन्छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहमति कार्यान्वयनमा आफू प्रतिवद्ध रहेको बताएका छन् । दुई दलबीच बनेको सहमति अनुसार आफू प्रधानमन्त्री भएकोले दुई वर्ष पुग्न एक साता बाँकी रहँदै राजिनामा दिने बताएका छन् ।
नेपालका सरकारका सचिवहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बोलाएर अघिल्लो सरकारको असफलतालाई यो सरकारले सफल बनाउले बताए । अघिल्लो सरकारबाट जनताको काम हुन नसकेकोले निराशा छाएका कारण आफू नेतृत्वको सरकार असफल हुने छुट नभएको बताए । प्रधानमन्त्री ओलीले मुलुक गम्भीर परिस्थिति पुगेका कारण दुई प्रमुख पार्टीको सहमति बनेको र यसलाई असफल हुने छुट नभएको बताए ।

सरकार बारेमा अनर्गल हल्ला फैलाउने काम भएको भन्दै त्यसको पछि नलाग्न र ढुक्क भएर काम गर्न सचिवहरुलाई निर्देशन पनि दिए । सरकार कति हो भन्ने विपक्षीहरुले चलाएको हल्लाको तुक नभएको भन्दै आफू नेतृत्वको सरकार सहमति अनुसार चल्ने पनि बताए ।

२०८१ श्रावण १५, मंगलवार १५:२१ गते 0 Minutes 238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।