२०८३ असार ३ बुधबार ०८

आउने चुनाब एक्लै लड्ने प्रचण्डको भनाइ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनको कसैसँग गठबन्धन नगर्ने गरी तयारी गरेको उनले बताएका छन् । पार्टी कार्यालयमा नव प्रवेशी कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

प्रतिपक्षीमा हुँदा आफू झन उच्च मनोबलका साथ अघि बढेको भन्दै बरु सरकार जानेहरु हारेको जस्तो मनस्थितिमा रहेको उनले बताए ।
अहिले बनेको सरकार भ्रष्टहरुको गठजोठ भएकाले जनतालाई यस विषय जानकारी बनाउनुपर्ने उनले बताए । पार्टी प्रवेश गराउदै उनले भने,‘यस्तो महत्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ । यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ ।’

२०८१ श्रावण १३, आईतवार १५:५२ गते 0 Minutes 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।