काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ।
बालुवाटारस्थित कार्यालयमा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
मौद्रिक नीतिमार्फत ब्याजदर करिडरको सीमाको बैंक दरलाई ७ बाट ६.५ प्रतिशत तथा नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत कायम गरिएको हो ।
ब्याजदर करिडरको निक्षेप संकलनको दरको तल्लो सीमा ३ प्रतिशतलाई कायम राखिएको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारका संथागत लगानीकर्ताहरुका लागि सेयर धितो कर्जा विद्यमान क्याप खारेज गरेको छ ।
व्यक्तिगत सेयर धितो कर्जाको सीमा भने यथावत राखिएको छ ।
धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको छ ।
मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा खारेज गरिनेछ ।’ गभर्नर महाप्रसाद अधिकारीले भने






