२०८३ असार ३ बुधबार ०८

कीर्तिपुर नगरपालिकाका प्रमुखको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । उनको वीर अस्पतालमा गएराति निधन भएको हो ।
लामो समयदेखि मृगौला रोगबाट ग्रसित नकर्मी उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

गत स्थानीय निर्वाचनमा कांग्रेसबाट नगरपालिकाको प्रमुखमा नकर्मी निर्वाचित भएका थिए । प्रमुख नकर्मीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परिसरमा राखिने छ ।

प्रमुखको निधनमा आज कीर्तिपुरनगरपालिकाभर शोक बिदा दिइएको छ। उनको आजै अन्त्येष्‍टि गरिने छ।

२०८१ श्रावण ११, शुक्रबार ०९:२३ गते 0 Minutes 258 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।