काठमाडौं । नेपाली कांग्रेसका सांसद राजन केसीले प्रधानमन्त्रीको भ्रष्टाचार विरोधी कुरामा शंका रहेको बताएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले नेता, मन्त्री र सांसदले नै घुष खुवाउनुपर्ने भए जनतको हालत के होला भनी प्रश्न गरेका छन् ।
संसदको रोष्टमै पूर्वमन्त्री तथा सांसदले आफ्नो काम गराउदा पाँच हजारको घुष खुवाएको भनिसके पछि प्रधानमन्त्रीको ध्यान नजानुमा आफूलाई शंका रहेको बताए ।
उनले भने, सभामुखले रुलिगं गर्नुहुन्छ, प्रधानमन्त्रीले यसबारेमा चासो राख्नुहुन्छ भन्ने लाग्याथ्यो तर यो विषयमा कोही नबोल्दा आफूलाई शंका रहेको लागको छ ।
पूर्वमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले शिक्षा मन्त्रालय अन्तर्गत रहेको सानोठिमी कार्यालयमा आफूले ५ हजार घुस दिएको संसद बैठकमा सम्बोधनका क्रममा भनेका थिए ।






