२०८३ असार ३ बुधबार ०८

आलोपालो सरकार चलाउने बागमतीमा एमाले कांग्रेसको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच बागमती प्रदेशमा आलोपालो सरकार चलाउने सहमति भएको छ । दुवै दलले आधा आधा मुख्यमन्त्रीको नेतृत्व गर्ने सहमति भएको हो । सुरुको सरकार नेपाली कांग्रेसले गर्ने छ भने त्यसपछि एमाले नेतृत्वको सरकार बन्ने दुई दलबीच सहमति भएको हो ।
सहमति अनुसार नेपाली कांग्रेसका बहादुर सिंह लामा अब मुख्यमन्त्री बन्ने छ । उनको नेतृत्वमा बन्न लागेको बागमति प्रदेश सरकारमा एमालेले भौतिक पूर्वाधार सहित ६ मन्त्रालय लिने छ । मुख्यमन्त्रीको नेतृत्व पाएको कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा मन्त्रालय चलाउने छ । कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय , आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक मन्त्रालय , युवा तथा खेलकुद मन्त्रालय , श्रम रोजगार तथा यातायात मन्त्रालय , सस्कृती, पर्यटन तथा सहकारी मन्त्रालय लिने तय भएको छ । यसैगरी एमालेले भौतिक सहित खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय , कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय , उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालय लिने छ ।

२०८१ श्रावण ८, मंगलवार १३:२८ गते 0 Minutes 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।