२०८३ असार ३ बुधबार ०८

मलाई कुनै लप्पन छप्पन गर्नु छैन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूले कुनै लप्पन छप्पन नगर्ने बताएका छन् । प्रतिनिधिसभामा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा आफू कुनै षड्यन्त्रमा नलाग्ने पनि बताए । जीवन नै देश र जनताको सेवमा समर्पित गरिसकेको हुनाले आफूलाई शंका नगर्न पनि उनले आग्रह गरे । भ्रष्टाचारको विरोध गर्न र आफ्नो सरकारलाई सचेत बनाउन पनि आग्रह गरे ।

सरकार देश र जनताको सेवाका लागि नै भएको हुनाले उत्तेजना र आवेश नआउन उनले आग्रह गरे । झुटा लाच्छना लगाएर आफूलाई बदनाम गर्न खोजे पनि आफू विचलति नहुने उनको भनाई थियो । संसद संसद जस्तो हुनुपर्ने भएकाले सबैले यसको गरिमा राख्न पनि प्रधानमन्त्रीको आग्रह थियो ।

तर्क र तथ्यका आधारमा कुरा राख्न पनि उनले सांसदहरुलाई आग्रह गरे । झुटको साहारा नलिकन पनि आफ्नो कुरा राख्न सकिने प्रधानमन्त्रीको भनाई थियो । आफूले विजुलीको बिल छुट नदिएको बरु सरकारले पाउनुपर्ने रकम लिएरै छाड्ने बताए । तर प्रयोग नगरेको विद्युतको बिल जबरजस्ती व्यवसायीलाई तिर भन्नु गलत भएको उनको भनाई थियो ।

२०८१ श्रावण ७, सोमबार १४:२३ गते 0 Minutes 205 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।