२०८३ असार ३ बुधबार ०८

खराब नियत छोप्न कांग्रेस एमालेले संविधान संशोधनको मुद्दा अघि सारेका हुन् : पुन

काठमाडौैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले खराब नियत छोप्न कांग्रेस एमालेले संविधान संशोधनको मुद्दा अघि सारेका बताएका छन् ।

खराब नियतले कांग्रेस एमाले मिलेको आशंका बढिरहेको बेलामा छोप्नलाई संविधान संशोधनको मुद्दा अघि सारेको जिकिर गरे ।

एमालेले अप्रार्दर्शी ढंगले गठबन्धन तोडेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सात बुँदे सहमति देखाएर औचित्य पुष्टि गर्न खोजेको बताए ।

पूर्वअर्थमन्त्री समेत रहेका पुन प्रधानमन्त्री दाबी गरेजस्तो अर्थतन्त्रमा निराशा नभएको दाबी गरे ।

उनले भने, ‘साँचिकै संविधान संशोधन के को लागि गर्ने रु कतातिर जान रु साना दल र समानुपातिक निर्वाचन प्रणालीले अस्थिरता आयो भन्नुभएको छ । के साँच्चै त्यसो देखिएको छ रु नेकपा हुँदा दुई तिहाइको प्रधानमन्त्री हुँदा के गर्नुभयो रु’

उनले पश्चगमनतिर जानकै लागि संविधान संशोधन गर्न लागेको बताए ।

२०८१ श्रावण ६, आईतवार १७:०१ गते 0 Minutes 193 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।