२०८३ असार ३ बुधबार ०८

प्रधानमन्त्री ओलीलाई संसदकाे सुविधाजनक विश्वास

काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासकाे मत पाएका छन् । नेपाली कांग्रेस र एमालेकाे गठबन्धनबाट ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासकाे मत पाएकाे घाेषणा सभामुख देवराज घिमिरेले गरे ।ओलीलाई १ सय ८८ सां‌सदले विश्वासकाे मत दिए । विपक्षमा ७४ मत पर्‍याे । एक मत तटस्थ रह्याे । आइतबार संसदमा २ सय ६३ सांसद उपस्थित थिए ।

प्रधानमन्त्री ओलीलाई एमाले, कांग्रेस, जसपा, जसपा नेपाल, जनमत, नागरिक उन्मुक्ति पार्टी, लाेसपा र स्वतन्त्र सांसदद्वय अमरेशकुमार सिंह र याेगेन्द्र मण्डलले विश्वासकाे मत दिएका हुन् । माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत दिएनन् ।

प्रधानमन्त्रीमा नियुक्त भएकाे मितिले ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक प्रावधान छ । ओलीले भने एक सातामै विश्वासकाे मत लिएका हुन् । उनले प्रतिनिधिसभाबाट दुईतिहाइ सांसदकाे विश्वासकाे मत पाए ।

तीन वर्षअघि नेकपाकालमा पनि ओलीले दुईतिहाइ बहुमतकाे सुविधाजनक सरकार हाँकेका थिए । तर दुईपटक संसद विघटन गरेपछि उनी सर्वाेच्चकाे परमादेशले प्रधानमन्त्रीबाट हटेका थिए ।

त्यतिबेला उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले विस्थापन गरेका थिए । उनै देउवाकाे सहयाेगमा ओली तीन वर्षपछि फेरि दुईतिहाइ बहुमतकाे शक्तिशाली प्रधानमन्त्री बनेका हुन् ।

२०८१ श्रावण ६, आईतवार १८:०० गते 0 Minutes 182 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।