२०८३ असार ३ बुधबार १०

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन्। प्रधानमन्त्रीमा नियुक्त भएको सातौं दिनमा ओलीले विश्वासको मत लिने लागेका हुन् । संविधानमा प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भए पनि ओलीले सात दिनभित्रै विश्वासको मत लिन लागेका हुन् ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत पाउन कम्तिमा १ सय ३८ मत चाहिन्छ ।

नेपाली कांग्रेससँग सहमती गरेर सरकार बनाएका ओलीले दुई तिहाइको मत पाउने विश्वास गरेका छन् । संविधान शंसोधनसहित स्थायी सरकारको लागि भन्दै कांग्रेस एमालेले बनाएको सरकारमा अन्य साना दलहरु सहभागी भएका छन् । सरकारका लागि बहुमत सजिलै पुग्ने भए पनि उनीहरुले भन्ने गरेको संविधानको शंसोधनको मुद्दामा भने दुई तिहाइ बहुमत जुटाउन भने चुनौति नै देखिएको छ । राप्रपाले ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसको छ । माओवादी, रास्वपा, एकीकृत समाजवादी यसअघि नै प्रतिपक्ष बेन्चमा बसिसकेका छन् ।

 

२०८१ श्रावण ६, आईतवार ११:५८ गते 1 Minute 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।