काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी ओलीलाई सुझाव पत्र बुझाएको छ ।
सिंहदरबारमा सुझाव पत्र बुझ्दै ओलीले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने जानकारी दिए।
एमालेले प्रधानमन्त्री ओलीलाई ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गरेको हो ।
सुझावपत्र बुझाउन एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतको टोली प्रधानमन्त्रीलाई भेट्न पुगेको थियो ।
एमालेको हाल ३३ विभागमध्ये २८ विभागले छलफल गरेर ती सुझाव तयार पारेका थिए।






