२०८३ भाद्र ३१ बुधबार २३

एसिया कप क्रिकेटमा नेपाल र युएई भिड्दै

काठमाडौैं । महिला एसिया कप क्रिकेटमा आज नेपाल र आज युएईबीच खेल हुँदै छ । समहू चरण अन्तरगतको पहिलो खेलमा नेपाल युएईसँग खेल्न लागेको हो ।

श्रीलंकामा जारी खेलमा नेपाल र यएईबीच समूह चरणको आफ्नो पहिलो खेल दिउँसो सवा २ बजे हुने छ । समूह ए मा रहेको नेपाली महिला क्रिकेट टोलीले युएईसँगै पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

यसअघि नेपालले सन् २०१२ र २०१६ मा महिला एसिया कप खेलेको थियो ।

त्यसको ८ वर्षपछि नेपाली महिला टोलीले एसिया कप खेल्न लागेका हुन् ।
नेपाली टोलीको कप्तानमा ईन्दू बर्माले गदैछन् भने अन्य खेलाडीमा रुविना क्षेत्री, सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन् ।

२०८१ श्रावण ४, शुक्रबार ०९:४४ गते 0 Minutes 217 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।