२०८३ असार ३ बुधबार १०

महिला लिगमा थपिए चार टिम, भदौ तेस्रो सातादेखि सुरु हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला लिग आयोजनाका लागि बजेट पारि गरेको छ ।

एन्फाको बुधबार बसेको कार्यसमितिको भर्चुअल बैठकले यसै वर्ष हुने भनिएको महिला लिगका लागि दुई करोड २४ लाख ६८ हजार ६९८ रुपैयाँ पारित गरेको हो । भर्चुअल रुपमा बसेको बैठक कार्यसमितिमा रहेका २१ जनामध्ये आठ जनाले बहिस्कार गरेका थिए ।

बैठकले महिला लिगमा १० टिम सहभागी गराउने निर्णय गरेको छ । जसमा तीन विभागीय र तीन महिला लिग छनोटबाट आएका टिम, संकटा र वाग्मती युथ क्लब तथा वालिङ र चन्द्रपुर नगरपालिकालाई महिला लिगमा सहभागी गराउने निर्णय गरेको छ ।

एन्फाले महिला लिग भदौ १६ गतेदेखि सुरु हुने जनाएको छ । एन्फाका अनुसार लिगको सुरुआतमा १० टिमले सिंगल राउन्ड रोविन पद्दतिमा ४५ खेल खेल्नेछन् । यसबाट शीर्ष पाँच टिमले डबल राउन्ड रोविनमा २० खेल खेल्नेछन् । यसपछि पनि शीर्ष चार टिमले क्वालिफायर्स र इलिमिनेटर खेल्नेबाट फाइनल खेल्ने एन्फाले जनाएको छ । महिला लिगभर कुल ६९ खेलहरु हुनेछन् ।

२०८१ श्रावण २, बुधबार १८:०० गते 0 Minutes 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।