काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौला सत्तारुढ दलहरूको मुख्य सचेतकमा नियुक्त भएका छन् ।
बर्तौलालाई प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सत्तारूढ दलहरू मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् ।
बर्तौला यसअघि एमालेको सचेतक र प्रमुख सचेतक भएर काम गरिसकेका छन् । उनी मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।







